तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा चालिसे निर्वाचित

तुलसीपुर, २ फागुन / तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट व्यवसायी प्यानलका राम प्रसाद चालिसे निर्वाचति हुनु भएकाे छ। चालिसेले आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक प्यानलबाट उठेका टिेकन प्रसाद बस्नेत(हिमालं)लाई ३४ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको हो । चालिसेले ८२९ मत ल्याउँदा बस्नेतले ७९५ मत ल्याएउनु भएको थियो ।

त्यसैगरी उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह (८६०) , बाणज्य उपाध्यक्षमा व्यवसायीक प्यानलका मिनराज भण्डारी (९७१), बाणिज्य उपाध्यक्षमा व्यवसायीक प्यानलकै रुपबहादुर खत्री (८५६) मत प्राप्त गरी विजयी भएका छन् । तयसैगरी महासविच विनिल केसी(१०५०).मत ल्याएर विजयी, भएका छन् । उनका प्रतिद्धन्द्धी केशवराज केसीले ५०७ मत ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा देव बहादुर केसी (१०५५), सचिवमा खुशल राम शर्मा (६२२), सहकोषाध्यक्षमा कमल गौतम(७३३) विजयी भएका छन् ।

नेतृत्व चयनका लागि शनिबार तुलसीपुरमा भएको निर्वाचनमा १६ सय ५९ मत खसेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया