पश्चिम दाङमा राहदानी लिनेको संख्या घट्यो,डेढ करोड बढि राजश्व सँकलन

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १ श्रावण । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा एमआरपी सहितको राहदानी लिन आउनेको संख्या घटेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष राहदानी लिनेको संख्या घटेसंगै राजस्व पनि कमी आएको हो । कार्यालयको यस वर्ष १६ प्रतिशतले राजस्व घटेको कार्यालयका सुचना अधिकारी यादव भुसालले जानकारी दिनुभयो ।

इलाका प्रशासनका अनुसार २०७३ श्रावण देखी २०७४ असार ३० गते सम्मको तथ्याङक अनुसार जम्मा १ करोड ७६ लाख ३८ हजार ५ सय रुपैँयचा राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा जम्मा २ करोड १२ लाख राजस्व संकलन भएको अधिकारी भुसालले जानकारी दिनभयो । गत वर्ष कार्यालयबाट २५ सय २६ जनाले राहदानी लिएका थिए । यस वर्ष घटेर १७ सय जनाले मात्र लिएका छन् ।

कार्यालयमा यस वर्ष राहदानीबाट रु १ करोड ७५ लाख २० हजार राजस्व संकलन भएको छ । त्यस्तैगरी हातहतियार नविकरणबाट रु ५ हजार ५ सय,मादक पदार्थ सेवनको दण्ड जरिवाना स्वरुप १ लाख ८ हजार र अन्य विविधबाट ५ हजार राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी भुसालले जानकारी दिनुभयो ।

गत वर्ष सवैभन्दा वढि राहदानीबाट राजस्व संकलन भएको थियो यस वर्ष राहदानी लिन आउनेको संख्या घटेकै कारण राजस्वमा कमी आएको उहाँको भनाई छ । गत वर्ष जिल्लाबाट राहदानी लिनेको संख्या झण्डै ४ हजार पुगेको थियो भने यस वर्ष ३ हजार २ सय जनाले मात्र राहदानी लिएका छन् ।

यसैबिच पछिल्नो समयमा मादक पदार्थ सेवन गर्नेलाई प्रहरीले चेकजाँचमा कडाई गरेकै कारण राजस्वमा बृद्धि भएको छ । गत वर्षमा मापसे चेकजाँचबाट थोरै राजस्व संकलन भएको र यस वर्ष मापसे गर्नेहरुलाई चेकजाँचमा कडाई गरेपछि दण्ड जरिवाना स्वरुप १ लाख ८ हजार राजस्व संकलन भएको ईलाका प्रशासन कार्यालय तुलसीपुरले बताएको छ ।

गत आर्थिक वर्ष २०७२ ÷०७३ मा मापसे चेकचाँजबाट रु ४ हजार मात्र राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी यादव भुसालले बताउनु भएको छ । गत वर्षको तुलनामा यस वर्ष १ लाख ४ हजार बढिले राजस्व संकलन भएको सुचना अधिकारीे भुसालले भन्नु भयो ।

पछिल्नो समयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले मादक पदार्थ सेवनको चेकजाँचमा कडाई गरेकाले राजस्वमा बृद्धि भएको इलाका प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७४ साउन १ गते आइतवार
प्रतिक्रिया