लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३१ असार । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले ट्राफिक नियम पालना नगरी सन्चालन भएका ८ हजार ४ सय १६ वटा सवारी साधनलाई कारवाही गरी झण्डै साढे सरचालिस लाख राजस्व गरेको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङक हेर्दा विभिन्न सवारी साधनहरुलाई कारवाही गरी उनीहरुबाट ४७ लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देव बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
उहाले दिएको जानकारी अनुसार ट्राफिक नियम पालना नगर्ने ९६३ वटा वसलाई कारबाही गरी ५ लाख ३९ हजार ५ सय राजस्व संकलन गरीएको छ । त्यस्तैगरी ७३३ ट्रकलाई कारबाही गरी ४ लाख ९ हजार,१५७२ वटा जिप तथा कारबाट रु ८ लाख ८२ हजार ५ सय,१७०६ वटा टेक्टरबाट ९ लाख ४५ हजार ५ सय ,३४४२ वटा मोटरसाईकलबाट २९ लाख ं६२ हजार राजस्व संकलन गरीएको ट्राफिक प्रमुख खत्रीले जानकारी दिनु भएको छ ।
गत आर्थिक वर्ष २०७२÷०७३ मा २३ लाख ६३ हजार १ सय मात्र राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दोब्वरले राजस्व बृद्धि भएको छ । कारवाहीमा पर्नेहरुमा सवै भन्दा वढि मोटरसाईकल रहेको छ भने सवै भन्दा कम कारवाहीमा पर्ने ट्रक रहेको बताइएको छ । त्यस्तैगरी सवै भन्दा वढि गत कात्तिक महिनामा सवारी कारवाहीमा परेका छन् ।