२०८३ भाद्र २४ गते बुधवार

नेपाल टेलिकमले मनायो १७ औँ वार्षिकोत्सव

तुलसीपुर, २२ माघ ।  नेपाल टेलिकमले बिहीवार (आज) १७ औँ वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्रम गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिनुभयो । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिनुभयो । २०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन् । ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पु¥याएको टेलिकमले गएको आर्थिक वर्षमा नौ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ । देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभएको छ ।
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।