२०८३ कार्तिक ८ गते शनिवार

तुलसीपुर उबासंघको अध्यक्षमा विरु र सुमनको उम्मेदवारी ,चार जना निर्विरोध

तुलसीपुर,२८ असार । तुलसीपुर उद्योग बाणिज्य संघको नया कार्यसमितिका लागि चार जना निर्विरोध निर्वाचित भएका छन । सँघको उपाध्यक्षमा मिनराज भण्डारी,महासचिबमा रुप बहादुर खत्रि,कोषाध्यक्षमा डिल्ली बहादुर वली र एसोसियट सदस्यमा यज्ञ बहादुर केसी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सँघको अध्यक्षका लागि विरु रावत र सुमन कुमार पुनले उम्मेदवारी दर्ता गराएका छन । असार ३१ गते हुने निर्वाचन अन्र्तगत मँगलवार भएको उम्मेदवारी दर्तामा दुईवटा पद रहेको बाणिज्य अध्यक्षमा चारजनाको उमेदवारी दर्ता भएको छ । गोकर्ण प्रसाद गिरी, रामप्रसाद चालिसे, हरी केसी र मोहन सिंङ वलीले वाणिज्य उपाध्यक्षमा उमेदवारी दर्ता गराएका हुन् । सह कोषाध्यक्षमा डिलबहादुर वली र देव बहादुर केसी तथा सचिवमा झलक केसी र विनिल केसीले उमेदवारी दर्ता गराएका छन् । सस्थागत सदस्यमा कमल गौतम र प्रेम प्रकाश गिरी, महिला सदस्यमा यमकुमारी घिमिरे, सपना बस्नेत, पवित्रा के।सी र बेनु अधिकारी रेग्मीको उमेदवारी परेको छ । ९ जना निर्वाचिन हुने सदस्यमा १६ जनाको उमेदवारी परेको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिए । १९ पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । बुधबार साँझ ५ बजे सम्म उमेदवारी फिर्ता लिने समय भएकाले त्यतीवेला सम्म सबै मिल्ने बताए ।

प्रकाशित मिति : २०७४ असार २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।