बह्राखुटी र गाईखुटी जोड्ने झोलुङ्गेपुलको कोमल ओलीद्धारा शिलान्यास

तुलसीपुर, १४ माघ । तुलसीपुर उपमहागनरपालिका–१३ को बह्राखुटी र गाईखुटी जोड्नेगरी झोलुङ्गे पुल निर्माण हुने भएको छ । राष्ट्रिय सभा सदस्य कोमल ओलीको पहलमा एक सय २५ मिटर लामो झुलङ्गे पुल बन्न लागेको हो ।

पुल निर्माणका लागि काश्यप÷शर्मिला जेभीले गएकोहप्ता ९० लाख रुपैयाँमा सम्झौता गरेको निर्माण व्यवसायी माधव घिमिरे जानकारी दिनुभयो । पुल निर्माणको समयावधि एक बर्षको भएपनि असार मसान्त भित्र पुरा गर्ने व्यवसायी घिमिरेले बताउनुभयो ।

यसैबिच मंगलबार एक कार्यक्रममा बिच पुलको शिलान्यास गरिएको छ । पुलको शिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य कोमल ओलीले सामाजिक विकासका लागि सबैै अघि मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

यहाँको वास्तविक समस्या देखेर नै पुलका लागि आफुले पहल गरेको बताउँदै समयमै निर्माण कार्य पुरा गर्न स्थानीयबासीले सहयोग गर्नु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी १३ नम्बर वडा कमिटी अध्यक्ष होमबादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष हुकुम बहादुर बस्नेत, युवा नेता मोहन पौडेल लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया