२०८३ भाद्र २६ गते शुक्रवार

विभिन्न माग राख्दै तुलसीपुर नगर प्रमुखलाई ज्ञापनपत्र

तुलसीपुर, १ माघ । अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिले विभिन्न माग राख्दै तुलसीपुर उपमहागनरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

पाँच बुँदे ज्ञापनपत्रमा तुलसीपुर–६ र ९ नम्बर वडाको अटोभिलेजमा आवतजावतमा सहजतला ल्याउन पक्की सडकको व्यवस्था, पातुखोलामा पुल निर्माण , तटवन्धको व्यवस्था, ग्रिनपार्क र कटाहाकुलोमा पक्किवाल निर्माण, फोहोर व्यवस्थापनको लागि पलाष्टिका बाल्टिनको व्यवस्थाको माग गरिएको छ ।

ज्ञापनपत्र अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पदम पोखरेल (जेठुकान्छु)ले नगर प्रमुख घनश्याम पाण्डेलाई बुझाएको वरिष्ट उपाध्यक्ष कमल गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।