सहकारीको साधारण सभा

शान्तिनगर पुस २५ / शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ स्थित बयाले कृषि सहकारी संस्थाको नवौ साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभाको उद्द्घाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाङ्गिले गरेका थिए ।

संस्थाका अध्यक्ष लाल बहादुर ओलिको अध्यक्षता एबं गाउँ पालिकाका अध्यक्ष कमान सिंह डाङ्गिको प्रमुख आतिथ्यता र वडा नम्बर ४ का अध्यक्ष धन बहादुर के सिको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष गंगा धर पान्डे, बयाले माबिका पुर्ब प्रधानाध्यापक नन्द लाल पान्डेले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

उक्त साधारणसभामा सचिब तेज बहादुर बि क ले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष निम कान्त पान्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभाले चार बर्षका लागि लाल बहादुर ओलिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा तुलसी केसि , सचीवमा तेज बहादुर बि क र कोषाध्यक्षमा निम कान्त पान्डे रहेका छन। कार्यक्रमको सहजीकरण सचिब तेज बहादुर बि क ले गरेका थिए।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया