काठमाडौ, १३ पुष /मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो ।
आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरण अघि विज्ञहरूको अनुगमन गराएको हो । अनुगमनको सुझावअनुसार पानी पथान्तरणको काम अघि बढाइने भएको छ । एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर एक हप्तासम्म अनुगमन गराएको थियो ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने , “अनुगमनपछि प्रतिवेदन दिनेछन् । सोही प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सक्ने वा नसक्ने हेरेर हामी अघि बढ्छौँ, पानी पथान्तरणको तयारीमा छौँ । ” उनका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।
प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।