२०८३ भाद्र २६ गते शुक्रवार

झण्डै साढे ८ करोडमा पातुखोला पुल निर्माणको काम सुरु

तुलसीपुर, २६ मंसीर । पश्चिम दाङमा सबैभन्दा ठूलो पुल पातुखोलामा बन्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा तुलसीपुरको राइखलियान र टिकरी जोड्नेगरी पुल निर्माण गर्न लागिएको हो ।

७० मिटर लम्बाई र १० मिटर चौडाई रहेको पुल निर्माणका लागि ११ करोड २९ लाख ३१ हजार २ सय ९ रुपैयाँको स्टमेट भएपनि हिराचन÷जलजला÷जयमाँ स्वर्गद्धारी जेभि घोराही दाङले ३ करोड कममा पुल निर्माणका लागि ठेक्का लिएको हो । २०७९ असोज ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी २०७७ कार्तिक ३ गते सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधी इश्वर पुनले समयाअगाबै पुलको काम सक्ने दाबी गरेका छन् । पुल निर्माण भएमा १० हजार जनसंख्या लाभान्वित हुनेछ । अहिले निर्माण सामग्री, सिमेन्ट, छड, गिट्टी, ढुङ्गा र बालुवामा चर्को मुल्य वृद्धि भएको बताउदै निर्माण व्यवसायी पुनले सम्बन्धित स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

पश्चिम दाङमा अहिलेसम्म बनेका पुल मध्य यो सबैभन्दा ठूलो हो । तुलसीपुर सुर्खेत सडक अन्र्तगत पातुखोलामा बनेको पुलको चौडाई ८ मिटर मात्र छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।