२०८३ भाद्र २६ गते शुक्रवार

 लुम्बिनी प्रदेशका  मुख्यमन्त्रीद्धारा पातुखोला पुलको शिलान्यास

तुलसीपुर, २५ मंसीर  / राइखलियान–टिकरी जोड्नका लागि पातुखोलामा निर्माण गरिने पुलको शिलान्यास गरिएको छ । पुलको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वैद्धिक विधि अनुसार पुजा–आरधना गरेर गरेका हुन् । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङ विकासको दृष्टिकोणले अब पछि नपर्ने बताएका छन् ।

कर्णाली भनेर चिनिएको पश्चिम दाङको गङटेमा समेत सडक योजनाको काम प्रदेश सरकारबाट अघि बढि सकेकाले लुम्बिनी प्रदेशमा विकासले गति लिन थालेको बताए ।

भ्याट सहित ८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैयाँको लागतमा निर्माण कार्य गर्नेगरी हिराचन/जलजला/जयमाँ स्वर्गद्धारी जेभि दाङले कार्तिक ३ गते सम्झौता गरेको छ । १० मिटर चौडाई र ७० मिटर लम्बाई रहेको पुलको निर्माण कार्य २०७९ असोज ३० गतेभित्र सकिसक्नु पर्ने छ ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रदेश सभा सदस्य डिल्ली चौधरी, तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे, निर्माण व्यवसायी इशवर पुन लगाएतले बोलेको थिए ।

पुल निर्माण स्थल 

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।