दाङ, २३ मंसिर । स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ नेपाल सरकारले तिन सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यासको काम सम्पन्न भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मको अस्पताल बनाउनका लागि एकैसाथ निर्माणको थालनी गर्ने भएको हो ।
स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ नेपाल सरकारले ति सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यासको काम सम्पन्न गरिरहदा स्थानीय तहको मातहतका केही अस्पतालमा समयमा गुणस्तरीय उपचार सेवा नपाउदा विरामीले विभिन्न सास्ती खेप्नु परेको छ । यती मात्रै नभएर थप उपचारको लागी अनेत्र रिफर गर्दा कैयाँै विरामीले अकालमै ज्यान गुमाउनु परेको छ ।
पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरीकै केन्द्रविन्दु मानिने दाङको लमही अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको स्थानिय शसिराम नेपालीले दुखेसो पोखे । उनले भने ,–। ‘स्वास्थ्य प्रथामिक स्वास्थ्य उपचार केन्द्रबाट स्तरवृद्धि भइ लमही अस्पताल त भयो तर, अस्पतालबाट दिने सेवा जहाँको त्यही छ । हिजोको प्रथामिक स्वास्थ्य केन्द्रबाट पाउने सेवा भन्दा खस्केको छ लमही अस्पताल ।’ ‘दिनहुँ अती आवश्यक सेवा प्रदान गर्ने ¥याविज, टि.टि.खोप, टिटनेस लगायत अस्पतालबाट दिने अन्य सेवा अस्पतालमा नहुँदा बाहिर प्राइभेट पोलिक्निकबाट महंगो रकम तिरेर उपचार गराउन बाध्यता रहेको छ । नामको मात्रै अवग्रेट भयो तर, सेवा अपग्रेट हुन सकेन ।’
अस्पतालको बाहिर विभिन्न एम्बुलेन्स्हरुको लामो लस्कार हुन्छ । अस्पतालमा विरामी आउने वित्तीकै रिफर कागज तयार गरिन्छ । अनि विरामी कहिले नेपालगंज कोहलपुर, बुटवल रिफर गरिन्छ । रिफर भएका विरामीहरुले कोहीले उपचार पाउँछन्, कोही अस्पताल जादाँ जादैँ बाटोमै मृत्यु भएको सुनिन्छ । नेपालगंज कोहलपुर, बुटवलका अस्पतालले प्रदान गर्ने सेवा लमही अस्पतालबाट कहिले दिइन्छ ? कि सधै विरामी रिफर गर्ने होर? स्थानिय समाजसेवि शेरसिङ्ग खड्काले प्रश्न गर्नुभयो । ‘विरामी रिफर गर्न खोलिएको अस्पताल भएको छ लमही अस्पताल ।’
यता लमही अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर आकाश बेल्वालेले आर्थिक अधिकार आइसकेपछि अस्पतालमा केहि सुधार आएको जानकारी दिए । उनले भने ,–। पहिले एउटा पेनको लागि माग फारम भर्नुपर्ने अवस्था थियो त्यो अहिले अस्पतालले आर्थिक अधिकरको जिम्मेवारी पाइसकेपछि उक्त समस्या अन्त्य भएको छ । तर, लमही अस्पताल लमही नगरबासी मात्रै नभएर समग्र देउखुरीबासीलाई सेवा प्रदान गर्ने हो भने प्रदेश सरकारको मातहतमा जानुपर्छ । उनले भने,–। पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरीकै केन्द्रविन्दु मानिने लमही अस्पताल प्रदेश सरकारको मातहतमा लैजादा स्थानिय तह भन्दा प्रदेश सरकारबाट सेवा राम्रो हुने र विरामीले थप नयाँ सेवा पाउँछन् ।’ ‘अस्पतालमा प¥याप्त जनशक्ति नहुँदा नगर क्षेत्रका नगर स्वास्थ्य केन्द्रबाट स्वास्थ्कर्मी बोलाएर काम चलाउदैँ आएका छाै’
यता प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले लमही अस्पतालको स्तरवृद्धि गर्नको लागी आवश्यक कागजात नगरपालिकालाई पठाउन लगाउँदा नगरपालिकाले कागजात पेश नगरेको जानकारी दिए । मैले केही महिना अगाडि लमही अस्पतालको स्तरवृद्धि गर्नको लागी आवश्यक कागजात नगरपालिकालाई पठाउन अनुरोध गरेको थिए तर नगरपालिका कागजात पठाउने विषयमा ध्यान नदिएको हो, सदस्य चौधरीले भने । यस्तै सदस्य चौधरीले लमही अस्पताल संचालन गर्नको लागि धेरै मेहनत गरेपनि प्रभावकारी सेवा पाउन नसकेको गुनाशो बारम्बार आउने गरेको बताए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।