राष्ट्रिय सभा सदस्य कोमल ओलीद्धारा पुलको शिलान्यास

तुलसीपुर, १९ मंसीर । राष्ट्रिय सभा सदस्य कोमल ओलीले तुलसीपुरको छोटे र शान्तिनगर गाउँपालिकाको पातेटाकुरा जोड्ने पुलको शिलान्यास गर्नु भएको छ । एक करोड लागतमा बन्न लागेको ट्रस्ट पुलको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

पुलको शिलान्यास गर्दै सदस्य ओलीले वर्तमान सरकारले देखिनेगरि काम गर्न सुरु गरेको बताउनुभयो । कोरोनाका कारण विकास निर्माणमा केहि ढिला भएपनि पछिल्लो समय सरकारले विकास निर्माणका कामलाई गतिदिन सुरु गरेको बताउनुभयो । सबै पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्नेगरी एकैपटक देशैभर शिलान्यास गरेर जनताको स्वास्थ्य प्रति सरकार संवेदनशिल भएको सदस्य ओलीले बताउनुभयो ।

एक सय २२ मिटर लम्बाई र ३ मिटर चौडाई रहेको पुलको निर्माण कार्य करिब ५ महिनाभित्र सक्नेगरी काम गरेको बाबा गोर्खा बाबिरो जेभीका प्रोप्राईटर सुरेश कुमार कार्कीले जानकारी दिए । १८ महिनाभि काम सक्नेगरी गत असारमा सम्झौता गरेको निर्माण कम्पनीले स्थानीको सहयोग भएमा पाँच महिना भित्रमा काम सक्ने तयारी गरेको छ ।

सो क्षेत्रमा पुल निर्माणकालागि राष्ट्रिय सभा सदस्य ओलीले नै पहल गर्नु भएको थियो । पुल निर्माणका लागि संघिय सरकारको एक करोड बजेट बिनियोजन गरेको छ । पुल निर्माण भएमा दुई गाउँका करिब २ हजार जनसंख्या लाभान्वित हुने स्थानीयले बताएका छन् ।

तुलसीपुुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गउँपालिका–३ का सदस्य इम बहादुर केसी, नेकपा शान्तिनगर ३का वडा इन्चार्ज दिपक चन्द, स्थानीय युवा नेता देवराज मल्ल लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया