२०८३ भाद्र २४ गते बुधवार

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँड

दाङ, १६ मंसीर । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट निर्वाचन क्षेत्रका क्षिक्षा र सडक तर्फ केन्द्रित गर्दै प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बजेट विनियोजन गरेका छन् । गत आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने योजना लाई निरन्तरता दिदै, यसबर्ष नयाँ योजनामा पनि सडकलाई केन्द्रित गरिएको छ ।

जसमध्ये दाङको लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैयाँ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारपानी मन्दिर सम्मको नयाँ ट्रयाक खोल्नको लागि ५० लाख विनियोजन गरिएको छ । यस्तै दाङ देउखुरीकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल जखेरातालमा आधुनिक ढुङगा खरिद गर्नको लागि दशलाख विनियोजन गर्दा गत आर्थिक बर्षमा अधुरो भवन निर्माणको लागि देउखुरी बहुमुखी क्याम्पसमा २० लाख, गढवा बहुमुखी क्याम्पसको लागि १५ लाख, लमहीको नेत्रज्योती संघको भवन निर्माणको लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ७ भैसाहीँ नाकामा रहेको गौरीशंकर माविको भवन निर्माणको लागि १० लाख विनियोजन गरिएको छ । राप्ती गाउँपालिकाको राष्ट्रिय मावि भालुवाङमा पन्ध्रलाख विनियोजन गर्दा लमहीको विपी स्मृती भवन निर्माणमा पन्ध्रलाख रुपियाँ बजेट विनियोजन गरीएको छ । यस्तै उक्त कार्यक्रमबाट घोराही उपमहानगर्पालिका भैसकुर पिल चौतारा देखि अमृत सोता हुदँै दामोदर सडकको लागि दशलाख विनियोजन गरिएको छ ।

यस्तै लमही नगरपालिका वडा नम्बर ९ मावि अमेलियाको भौतिक निर्माणको लागि दशलाख, मावि पचैयाको भौतिक निर्माणमा दशलाख, ज्ञानज्योती प्रा.वि मानपुर गढवाको लागि दशलाख बजेट विनियोजन गरिएको छ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको उपस्थितीमा साँसद सचिवालयले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी योजनामा विनियोजीत बजेटको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमले महिला सहकारी देखी कुलो सिंचाइँ योजनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

बेला कुलो सिंचाइ योजना पच्चिलाख, जसअन्तरगर्त घोराही कालीमाटी सिचाँई आयोजनाको लागि दशलाख, गढवा दङगालीछाप कुलो सिंचाँइ योजनाको लागि दशलाख, गढवा कै चिसापानी कुलो बाँध निर्माणको लागि दशलाख, हत्तेवा सिंचाइ योजना दशलाख, सहकारी तर्फ धान खोला कृषि सहकारी संस्था दशलाख, लमही नगरपालिकाको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था दशलाख, राप्ती गाउँपालिका सिसहनियाँ स्थित भृकृटी महिला बचत तथा ऋण सहकारी संस्था दशलाख, सौगात थारु महिला भवन निर्माण बडका सिसहनियाँ दशलाख बजेट विनियोजित गरिएको छ ।

यस्तै राजपुरमा पुष्पलाल स्मृति भवनको लागि पच्चिस लाख राप्ती गाउँपालिका इन्द्रणी यूवा क्लव पाँच लाख, लमहीमा निवृत राष्ट्र समाज लमही दशलाख, लमहीको देउखुरी प्राथना मण्डली खैरी पाँचलाख, लमहीको नरुल इस्लामको लागि पन्ध्रलाख, स्वास्थ्य चौकी लमही सतवरीयाको लागि दशलाख विनियोजन गरीएको छ । पत्रकार सम्मेलनमा साँसद चौधरीले अहिले पुरा गर्न नसकिएका योजनालाई तराइ मधेश समृद्धी कार्यक्रमबाट शम्बोधन गरीने जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।