अवैध सुनसहित २ जना घाेराहीबाट पक्राउ

घोराही,१४ मंसीर । दाङकाे घोराही बजारबाट सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका  १० नारायणपुर निबासी पुर्णजङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको प्रहरी उपरीक्षक गणेस चन्दले  जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट पक्राउ गरेकाे हाे । अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको प्रहरी उपरीक्षक चन्दले बताए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया