उद्योग वाणिज्य महासंघको चुनाव :  कुन प्रदेशबाट को विजयी ?

काठमान्डाै , १३ मंसीर ।  नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणाम आउन थालेको छ । अहिलेसम्म जिल्लातर्फ १०५ मध्ये ८० मतगणना भइसकेको छ ।

जसअनुसार महासंघको केन्द्रीय सदस्यमा  प्रदेश २ मा विजयकुमार शाह विजयी भएका छन् । उनले १२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

यस्तै वाग्मती प्रदेशको मतगणना हुन बाँकी, गण्डकी प्रदेशबाट बाबुराम गिरी विजयी भएका छन् । उनले ९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

लुम्बिनी प्रदेशबाट कपिलवस्तुका जमशेर मियाँ १० मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले सात मत प्राप्‍त गरेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन् । उनले आठ मत प्राप्‍त गरेर केन्द्रीय सदस्य पदमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै वस्तुगततर्फको मतगणना सकिएको छ । कुल खसेको १ सय १ मतमध्ये २ वटा मत बदर भएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया