तुलसीपुरलाई उद्यमका रुपमा विकास गरौ : नगर प्रमुख पाण्डे

तुलसीपुर, ९ मंसीर / तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । कृषी, वन र स्थानीय श्रममा आधारित उद्यमको को विकास गरेर तुलसीपुरलाई नेपालकै आर्थिक र उद्यमको केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्ने बताए ।

छैठौ राष्ट्रिय उद्योग दिवसका अवसरमा उपमहागनरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले अबको गारेटो औधोगिकरण भएकाले व्यवसाय गर्न चाहने नगरबासीलाई सहयोग गर्न तयार रहेको बताए ।
माधव वलीको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख माया आचार्य, नेकपा युवा नेता विनोद शर्मा, आर्थिक विकास समितिको संयोजक, रेवा रावत, उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेबा रावत, तुलसीपुर उद्योगथबाणिज्य संघका सदस्य टेकप्रसाद केसी लगाएते बोलेका थिए ।

सो अवसरमा उपमहानगरपालिकाम उद्योग दर्ताको प्रकृया, नबिकरण र कृर्षिमा आधारित उद्यम तथा उद्योगलाई दिने अनुदान तथा ऋण लगाएतका विषयमा छलफल गरिएको थियो ।

उपमहानगरपालिकामा अहिलेसम्म फर्निचर, ग्रिल, चाउमीन, होजीयारी, खुकुरी, खाद्यन्न लगाएतका ४ हजार ७ सय उद्योगहरु दर्ता भएको उद्योग तथा व्यवसाय पर्वद्धन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । उद्योग दिवस तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक मनाएको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया