महासंघको यात्रामा बिमल रिजाल ..

तुलसीपुर, ४ मंसीर  / बिमल रिजाल दाङको व्यवसायीक क्षेत्रमा परिचित नाम हो । रिजाल फुड इन्डस्ट्रिज (राइस मिल) बाट व्यवसायीक क्षेत्रमा प्रवेश गरेका रिजाल दाङमै कहलियका व्यापारी मध्यको सूचिमा पर्दछन् । उनले उत्पादन गरेको खाद्यन्नले दाङ सहित पहाडी जिल्लामा राम्रो बजार पाएको छ ।

चार दशक व्यवसायीक क्षेत्रमा समर्पित गरेर आफुलाई सफल व्यवसायीका रुपमा चिनाएका रिजाल पछिल्लो समय सामाजिक कार्यमा पनि एकाएक अगाडी आए । उनि सफल युवा व्यवसायीका रुपमा परिचित छन् । छोटो समयमा चर्चामा आएका व्यवसायी रिजालले तुलसीपुर उद्योगबाणिज्य संघ लगाएत दर्जनौ विभिन्न संघसंस्थाको नेतृत्व समेत गरिसकेका छन् ।

बाणिज्य संघको दुई कार्यकाल सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकल अध्यक्ष भएर नेतृत्व गरेका रिजालले पछिल्लो समय ग्रिन तुलसीपुर, क्लिन तुलसीपुरको अभियान चलाएर थप उचाई बढाए । रुचि खेलकुद क्षेत्र भए पनि व्यवसायीक पेशा अंगालेका रिजालको अध्यनको कुरा गर्दा उनि कानुनका विद्यार्थी हुन् । नेपाल ताइक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत छन रिजाल ।

भद्र तथा शालिन स्वभावका रिजाल सजिलै जोसँग पनि उतिखेरै घुलमिल गर्नसक्छन् । उनि गफ भन्दा पनि काममा विश्वास गर्छन् । तुलसीपुरमा बजारमा राम्रै प्रभाव जमाएका रिजाल व्यापारीहरुका माझ स्वच्छ छवि, इमान्दर र मिलनसारका रुपमा गनिन्छन् । तुलसीपुर उद्योगबाणिज्य संघको नेतृत्वमा छदा व्यवसायीक हकहितको रक्षासंगै विकासका कामलाई पनि निकै चासो र उत्सुकताका हेर्ने गर्थे ।

फलस्वरुप लामो समयदेखि अरुवद्ध टरिगाउँ एयरर्पोट केहि समयका लागि भएपनि गोमा एयरसँग सम्झौता गरेर संचालनमा ल्याए । त्यसपूर्व उनि बाणिज्य संघको महासचिव हुँदा धुलो उड्ने टरिगाउँ एयरपोर्टको धावनमार्गलाई ७ सय मिटर कालोपत्रे गरेर पक्की गराउने काममा समेत भूमिका खेले । रत उनलाई दाङबासीले एउटा व्यापारीको रुपमा मात्रै हैन विकास प्रेमिका रुपमा समेत लिने गर्दछन् । उनले हात हालेका संस्थाहरु फस्टाएका छन् तर रुग्न भएका छैनन् ।

रिजालले दिए महासंघको केन्द्रीय सदस्यमा उमेदवारी

व्यवसायकि संगठन मार्फत व्यवसायीक हकहितका लागि काम गरेर नथाकेका प्रतिष्ठित युवा व्यवसायी रिजालले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् ।

केन्द्रीय सदस्यमा उमेदवारी दिने यस अघिनै घोषणा गरेका रिजालले देशका अधिकांस जिल्लामा पुगेर भेटघाट र निर्वाचनमा आफुलाई जिताउनका लागि नेतृत्व तहसंग एक चरणको छलफल समेत गरिसकेका छन् । त्यस कारणले पनि महासंघको ५४ औं निर्वाचनमा जित्ने कुरामा रिजाल मात्रै हैन सिंगो दाङ उनका शुभचिन्कतक ढुक्क छन् ।

महासंघका केन्द्रीय स्तरका व्यवसायीक नेताहरुसंग राम्रो हेलमेल, उठ्बस र चिनजान भएकाले पनि अन्य जिल्लाका केन्द्रीय सदस्यका उमेदवार जस्तो , चुनाव जित्नकालागि बिमल रिजाललाई त्यति सकस र कठिनाई नहुने कतिपयको बुझाई छ । मनोनयनका लागि आज पाँच बजे सम्मको समय सिमा रहे पनि निर्वाचन भने मंसीर १३ गते हुने छ ।

रिजालले चुनाव जित्नु दाङ र विशेष गरेर तुलसीपुर बासीका लागि गर्वको विषय  हुनेमा कुनै दुविद्धा नभएको कतिपयको बुझाई  छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया