तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन संचालनको तयारी

तुलसीपुर, ४ मंसीर । लामो संघर्षपछि दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो बन्ने भएको छ । निगमले तत्कालका लागि एयरपोर्टमा अस्थायी रुपमा ६० हजार लिटर क्षेमताको अन्डरग्राउण्डेड २ वटा ट्याङक, २ वटा बाउजर र २ वटा ट्याङकर राख्ने भएको छ ।
२०११ सालमा स्थापना भएपनि राजनीतिक दाउपेज र खिचातानीका कारण पछाडी परेको एयरपोर्टमा ढिलै भएपनि इन्धन डिपो संचालनको तयारी भएको हो । डिपो संचालनका लागि नेपाल आयल निगमले गएको कार्तिक १५ गते टेन्डर आब्हान गरिसकेको निगमका प्रवन्धक इन्दु शर्माले जानकारी दिइन ।

‘इन्धन डिपो राख्नका लागि टेन्डर भइसकेको छ,’ प्रवन्धक शर्माले भनिन– ‘अब हामीलाई जग्गा उपलब्ध गराउनु प¥यो । जग्गा यहाँनेर दिने भन्ने एकिन भयो भने हाम्रो प्राविधिक टोली आउँछ ।’

जग्गा उपलब्ध गराउन अनुरोध
यसैबिच तुलसीपुर उपमहानगरपालिकाले हवाई इन्धन डिपो संचालनका लागि जग्गा उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  तुलसीपुर उपमहागनरपालिकामा बसेको बैठकले सुरक्षीत मापदण्ड अपनाएर डिपो संचालनका लागि उपयुक्त स्थानमा आवश्यक पर्ने ७ कठ्ठा जग्गा उपलब्ध गराउन गरेको निर्णय सहित लिखित रुपमा आजै अनुरोध गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले निर्णय सहित प्राधिकरणलाई पत्रलेखेर आज जानकारी गराएपछि निगमको प्राविधिक टोली सम्भवतः मंसीर ८ गते दाङ आइपुग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराउने सहमति जनाएपछि निगमले तत्काल काम सुरु गर्नेछ ।

यसैबिच डिपो राख्नका लागि आवश्यक पर्ने जग्गाको बुधबार प्रारम्भिक चरणको अनुगमण समेत गरिएको छ । प्राधिकरणले उपलब्ध गराउन सक्ने जग्गाको अनुगमण गरिएको तुलसीपुर उपमहागनरपालिका नगर प्रवक्ता श्याम डाँगीले बताए । ‘एयरपोर्टभित्र जाने सडकको उत्तर र दक्षिण तर्फ जग्गा हेरेका छौ,’ प्रवक्ता डाँगीले भन्नुभयो–‘ निगमका साथीहरुले पनि राम्रो छ भन्नु भएको छ । प्राधिकरणले जग्गा दियो भने काम यहि महिनाबाट सुरु हुन्छ ।’

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा बसेको बैठकमा प्रदेश सांसद बिमला वली, निगमका प्रवन्धक इन्दु शर्मा, नेपाल नागरिक उड्डयन प्राधिकरणका तुलसीपुर प्रमुख लिलाप्रसाद श्रेष्ठ, उपप्रमुख माया आचार्य, नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख सुजित पोख्रेल, नेकपाका नेता खुशीराम चौधरी, तुलसीपुर उद्योगबाणिज्य संघका वरिष्ट उपाध्यक्ष रामप्रसाद चालिसे, तुलसपिुर उपमहागनरपालिका–६ का वडाध्यक्ष नवराज लामीछाने, ५ नम्बर वडाध्यक्ष वीरेन्द्रकुमार शाह, ९ नम्बर वडाध्यक्ष घनश्याम ढकाल, ७ नम्बर वडाध्यक्ष टोपबहादुर केसी लगाएतको सहभागिता रहेको थियो ।

हप्तामा पाँच वटा उडान्
तुलसीपुर उपमहानगरपलिकाको पहलमा संचालनमा आएको टरिगाउँ एयरपोर्टमा नेपाल एयरलाइनसले हप्तामा पाँचवटा उडान भर्दै आएको छ । आइतबार र मंगलबार बाह्यक अन्यदिनमा जहाजले उडान भर्ने गरेको छ । इन्धन डिपो संचालनमा आएमा सिता र वुद्धले पनि उडान भर्नका लागि चासो देखाएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । कुहिरोका कारण नेपालगंज भन्दा तुलसीपुर बढी सुरक्षीत भएकाले तुलसीपुरबाट डोल्पाका लागि सिधै उडान भर्न सजिलो हुने भएकाले चासो देखाएको पाण्डेले बताए ।

इन्धन डिपो राख्ने ठाउँको अनुगमण गर्दै

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया