लमहीमा नेपाल बैंक स्थापना

देउखुरी, ३० कार्तिक / लमही नगर विकासको भवनमा नेपाल बैंक लिमिटेड शाखा लमहीमा खुलेको छ । आइतवार ८४ औ वर्ष प्रवेशको अवसरमा लमहीमा नेपाल बैंक लिमिटेड शाखाको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले लमहीमा धेरै बैंकहरूको स्थापना भएको छ, खुसि छौ लामो प्रतिक्षापछि लमहीमा नेपाल बैक स्थापना हुन सफल भयो, केसीले भने ‘ ञलुम्बिनी क्षेत्रको राजधानी भएको लमही बजारको विकासको सम्भावना बढि रहेको छ । हामी देउखुरीवासि उत्साहित भएका छौ । सरकारी बैंक भएको हनाले व्यपारी, व्यवसायी, लघु उद्यमी र किसानहरूले अझ बढि सहुलियत पाउनेछन् ।’

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले बैंकलाई सबै वर्गलाई समेटेर अगाडि बढ्न आग्रह गर्दै, बैंकले दिने सेवा सुविधा अत्यन्तै सहजरूपमा प्रदान गर्न अनुरोध गरे ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख पासाङ दार्जे सेर्फाले तिहार लगत्तै सुनचाँदी कर्जा, राजश्व बुझ्ने, लगायतका अन्य थप सेवा बैंकबाट विस्तार गर्ने जानकारी दिए । नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले पेन्सन, सामाजिक सुरक्षा भत्ता लिन घोराही नेपाल बैंककमा लिन जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।
नेपाल बैंक लिमिटेड लमही शाखा प्रमुख नोरबु लामाको सभापतित्वमा कार्यक्रममा व्यवसायी नारायण डिसि छम्पाली, देउखुरी उद्योग बाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लिलाराम खनाल, लमही खानेपानी सरसफाइ तथा उपभोक्त समितिका सचिव सनमकुमार पौडेल लगायतले बोलेको थिए ।

नेपाल बैंक सिसहँनिया शाखाका प्रबन्धक प्रसन्न घितालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल बैंक लिमिटेड तुलसिपुरका प्रबन्धक विश्वराज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया