तुलसीपुरका व्यवस्त सडकमा व्यापार गर्ने ठेला कारबाहीमा

फाइल फाेटाे

तुलसीपुर, २९ कार्तिक / बिचबाटोमा ठेला तेस्राएर व्यापार गर्ने ७ जना ठेला व्यवसायीलाई प्रहरीले कारबाही गरेको छ । तुलसीपुर बजारका विभिन्न व्यस्त सडकमा ठेला राखेर फलफुल, तरकारी, खेलौना बेच्ने ७ ठेला व्यवासायीलाई पक्राउ पश्चात आगामी दिनमा नगर्ने सर्तमा छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ठेला व्यवसायी संघको रोहबरमा आगामी दिनदेखि व्यवस्थ तुलसीपुर बजारका सडकहरुमा ठेला राखेर व्यापार नगर्ने सर्तमा छाडेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

नागरिकको बढी भिड्भाड हुने तुलसीपुर बजारमा संभावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले सडकमा जथाभावी रुपमा गरिएका सवारी पार्कीङ र ठेला व्यवसायीलाई हटाउँदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया