२०८२ पुष १ गते मङ्गलवार

बीओके र हिमालयन बैंकले चीनमा मुद्दा जिते

काठमाडौं।  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जितेका छन्।  आठ वर्षपछिको लामाे  प्रयासपछि  दुबै बैंकले मुद्दा जितेका हुन् ।  बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो।

मुद्दा जितेलगत्तै दुवै बैंकलाई चीनको अदालतले खबर गरेकाले शुक्रबार नै पैसा फिर्ता गर्नका लागि दाबी पठाउने बीओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए ।

मुद्दा हारेको पक्षले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी छ। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।

गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएपिछ बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाण अदालतमा पेश गरेका थिए।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया