२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुरमा नगर स्तरिय १२ वटा योजना सम्झौता

तुलसीपुर, २१ कार्तिक / चालु आर्थिक बर्षमा तुलसीपुरमा नगर स्तरिय १२ वटा आयोजना सम्झौता भएका छन् । तुलसीपुर उपमहानगरपालीकाको चालु आर्थीक वर्ष ०७७/ ७८ को कात्तिक १८ गतेसम्म १२ वटा आयोजना सम्झौता भएको उपमहानगरपालिका योजना शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार २५ लाख ५६ हजार ४ सय ३ रुपैयाँ बजेटमा तुलसीपुर उपमहानगरपालिका – २ स्थित भमके खोलापुलदेखी खैरीपुर बालापुर सडकको पक्की नाला योजना कार्यान्वयनका लागी सम्झौता भईसकेको छ । यसैगरी वडा नम्बर ६ मा ३ लाख ७७ हजार ९ सय ८५ रुपैयाँको लागतमा कराँते कभर्ड हलमा बत्ती जडान र गौरीडाँडा खेल मैदान सरंक्षणका लागि १० लाख ५३ हजार ३ सय रुपैयाँको योजना रहेको छ ।
त्यस्तै सम्झौता हुने योजनाहरुमा वडा नम्बर ७ मा १ लाख ७४ हजार ८ सयको मटेरा टोलमा कल्भर्ट निमार्ण, वडा नम्बर– ८ मा ३ लाख २९ हजार ३ सयको शसस्त्र प्रहरी वेस क्याम्पको महीला भवन निर्माण, ३ लाख ७८ हजारको एकता टोल विकास सस्थांमा कल्भर्ट निमार्ण र ४ लाख ३ हजारको शान्ती व्याडमिन्टन कोर्डमा कर्कटपाता लगाउने योजना रहेको छ ।

वडा नम्बर १० मा गौरीगाउ शुभाभष्ना कुलो पक्की निमार्ण, वडा नम्बर ११ मा सुकौरा बैदारटोलमा सामुहिक प्रतिक्षालय निमार्ण, वडा नम्बर १२ मा तुलसीपुर बहुप्राविधीक शिक्षालय मेट्रो कलेज र तुलसीपुर बहुप्राविधीक शिक्षालय मेट्रो कलेज आयोजना सम्झौता भएको तुलसीपुर उपमहानगरपालीका योजना शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाको बार्षिक क्यालेण्डर अनुसार नगर स्तरिय छनोट भएका सम्पुर्ण आयोजनाहरुको लागत स्टिमेट तथा सर्भे चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कात्तिक भित्र गरीसक्नुपर्ने प्रावधान रहेको छ । त्यसपछि दोस्रो चौमासिक फागुनसम्म सम्झौता भईसक्नु पर्ने र बैशाख तथा जेठ सम्म आयोजना सम्पन्न गर्नुपर्ने उपमहानगरपालिकाले बताएको छ ।
१८ लाख भुक्तानी गर्न बाँकी
तुलसीपुर उपमहानगरपालिका कार्यालयले गत आर्थिक वर्षमा सम्झौता भएका १९ वटा आयोजनाको १८ लाख रुपैया भुक्तानी गर्न बाँकी रहेको छ । गत आर्थिक वर्ष ०७६÷७७ मा उपभोक्ता संग सम्झौता भई सम्पन्न हुन नसकेका १९ वटा योजनाको भुक्तानी हुन बाँकी रहेको छ । जसमा कतिपय योजनाको केहि रकम बाँकी रहेको छ भने केहिको पुरा बाँकी रहेको छ ।

कार्यालयका अनुसार योजना कार्यान्वयन भए अनुसार केहि योजनाको रकम भुक्तानी गरिएको छ भने कार्यान्वयन हुन नसकेका योजनाको भुक्ता पुरै बाँकी रहेको छ ।वडा नम्वर ३ एक्लेपिपल देखी सरस्वती माध्यामिक विद्यालय दमारगाउँ सडक सोह्र लाख बढि रकम भुक्तानी हुन बाँकी रहेको छ ।
यस्तैगरी वडा नम्वर ११ बेलगनारी सिचाई डिपवोरिङ पन्ध्र लाख बढि, वडा नम्वर १२ हेमगनार हरिपौरी सडक नाला निर्माण सोह्र लाख बढि, वडा नम्वर २ भ्युडर कुलोमा सिंचाईको लागी डुर निर्माण तिन लाख बढि र वडा नम्वर ४ खाल्डेपानी खाद्रे बाटोमा कल्भर्ट दुई लाख ३१ हजार बढि रकम भुक्तानी हुन बाँकी रहेको उपमहानगरपालिकाले बताएको छ । यस्तै वडा नम्वर ७, वडा नम्वर ८, वडा नम्वर ९ का विभिन्न आयोजनाको पनि भुुक्तानी हुन बाँकी रहेको छ । जसमा केहिको योजना सुरु भएके छैन भने केहिको सुरु भई काम भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया