काठमाडौ, २० कात्तिक । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विहिवार १३ हजार ६८ पिसिआर परीक्षण गर्दा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार १२ सय ९ महिला र १८ सय ४२ जना पुरुषमा गरि थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ । थप ३ हजार ४ सय ३० जना कोरोना सङ्क्रमण पछि स्वस्थ भएका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ४८ हजार ४ सय ८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७९ दशमलव ८ प्रतिशत हो । यस्तै थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार






