२०८२ पुष १ गते मङ्गलवार

ऋणीको धितो लिलाम नगर्न बैंकहरुलाई आग्रह

काठमाडौ , १७ कार्तिक ।  गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो धितो लिलाम नगर्न निर्देशन दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले साँवा भुक्तानी नतिरेको भन्दै धमाधम धितो लिलाम गर्न र कालोसूचीमा राख्न थालेको गुनासो बढिरहेका बेला गभर्नरबाट यस्तो निर्देशन आएको हो ।

‘कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालोसूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौं,’ मौद्रिक नीति कार्यान्वयन सम्बन्धमा आइतबार आयोजित अन्तर्क्रिरया कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘त्यसको कार्यान्वयन गरिदिनुस ।’

ती ऋणीबाट साँवाब्याज भुक्तानी लिँदा पनि बैंकले ग्राहकको अवस्था हेरेर मात्र व्यवहार गर्न उनले आग्रह गरे । ‘कसैले कमाएका छन् भने भुक्तानी लिनुस्, नकमाउनेसँग कसेर नलिइदिनुस्,’ उनले भने, ‘कोभिड महामारीका कारण बैंक तथा वित्तीय संस्थालाई परेको कठिनाइलाई सम्बोधन गर्न राष्ट्र बैंक तयार छ ।’

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया