२०८३ जेष्ठ २३ गते शनिवार

गाईगोरु तस्करको ट्राञ्जिट पोइन्ट बन्यो ‘लमही’

देउखुरी, १४ कात्तिक  । केही समय रोकिएको गाई गोरु तस्करी फेरी शुरु हुन् लागेको छ । लमही आसपासका बाटोमा दुइ/ चार वटा गईगोरु साना–साना बालकहरुले दैनिक दौडाउदै लागिरहेको देख्न सकिन्छ । कसैले कहाँ लैजाने भनेर सोध्यो भने ति बालकहरुले पनि राम्रो संग भन्नै मान्दैनन । तस्करको मुख्य नाइके सम्म प्रहरी पुग्न नसकोस भनेर उनीहरुले एकल महिला, बालबालिकालाई प्रयोग गर्दै आएका छन् । दुईचार पैसाका लागि सहारा विहीन महिला र बालबालिका त्यो काम गर्न बाध्य भएको बताउछन् ।

यता नेपालको राष्ट्रिय जनावर गाईलाई मासुका लागि प्रयोग गर्ने गरेको भन्दै वैदिक धर्म परिषद् नेपाल लमही नगर परिषद्ले समेत विरोध गर्दै आएको छ । गाई गोरुको व्यापारमा संलग्नहरुको पहिचान गरि कडा कारबाही गर्न समेत सरकारसंग माग गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय देखि करिब दुईसय मिटर पूर्वतर्फ रहेको खालि जग्गामा ३४/ ३५ वटा गाई बेवारिसे अवस्थामा फेला परेका थिए ।

‘ गाई गोरुको मुख्य नाइके अन्यत्र बसेर स—साना बालबालिकालाई डेढ दुईसय रुपैया दिएर ओसारपसार गराउदो रैछन् त्यसपछि ट्रकमा लोड गरेर लैजाने गरेको कुरा स्थानीयले गुनासो गरेपछि म आफै त्यस ठाउँमा पुगेर एक्सन लिएको हुँ, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले भने  ।  प्रहरी प्रमुख पौडेलका अनुसार ओसारपसारमा संलग्न रहेको भन्दै ४/५ जना बालकलाई सोधपुछका लागि वडा प्रहरी कार्यालयमा ल्याएका थियौ, तिनीहरुले एक दुई जनाको नाम दिएका छन् त्यसैको आधारमा हामी बुझ्दै छौ ।’ ‘जुन जग्गामा गाई संकलन गरिएको छ त्यो जग्गा धनिलाई पनि हामीले खोजि रहेका छौ, बिना कागजपत्र हामीले नगरपालिका बाहिर जान दिदैनौ ।’

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया