
दाङ, १३ कार्तिक– घोराही उपमहानगरपालिका १६ सानी अम्बापुरस्थित एक विपन्न परिवारलाई बिहिबार भगवानपुर ख टोल विकास संस्थाले खाद्यान्न सहयोग गरेको छ ।
प्यारालाइसिसको उपचार गर्न नसकी मृत्यु भएका बलबहादुर कामीका परिवारलाई संस्थाको तर्फबाट दाल, चामल, नुन, आटा, तेल लगाएतका खाद्यान्न सहयोग गरेको संस्थाका सचिव सर्जन खत्रीले बताए ।
मृतकका परिवारलाई किरिया खर्च समेत अभाव भएकाले खाद्यान्न सहयोग गरेको खत्रीले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार