काठमाडौं । विदेशी पाइलटलाइ ६ महिनाभित्र हटाउने नेपाल एयरलाइन्सले तयारी गरिएको छ । चर्काे आलोचना भएपछि ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार हाल करार अवधि बाँकी रहेका ६ जना मात्रै विदेशी पाइलट कार्यरत छन् ।
करिब ३० जनामध्ये अब ६ जना मात्र त्यो पनि करिब ४० प्रतिशत मात्रै तलबमा राखेकाे निगमले जनाएकाे छ । लामो समयदेखि उडान नगरे पनि माेटो रकममा तलब दिएर विदेशी पाइलट राखिराखेको भन्दै निगमको आलोचना हुँदै अाएकाे छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार

