एमालेको प्रतिवद्धता –पत्र तुलसीपुरमा सार्वजनिक

तुलसीपुर, २९ जेठ
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका निर्वाचन परिचालन कमिटी चुनाव प्रचारप्रसार समितिले प्रतिवद्धता – पत्र सार्वजनिक गरेको छ । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर २४ पृष्ठको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्रमा एक घर एक रोजगार देखि प्रेम पार्कको समेत योजना समेटिएको छ ।


  • गुणस्तरीय भौतिक पूर्वाधार – समृद्धिको मूल आधार
  • जोगाऔं माटोपानी – सुनदर बन्छ जिन्दगानी
  • शिक्षा, स्वास्थ्य, खानेपानी – यीनैले बदल्छन् हाम्रो आनीबानी
  • आर्थिक सम्पन्नताको अभिवृद्धि – पुरा हुदै जानेछ समृद्धि
  • प्रकृतिको संरक्षण – भावी पुस्ताका लागि आरक्षण
  • फोहरलाई मोहरमा बदलौं – सफा स्वच्छ र हरियाली सहर बनाऔं
  • मानव स्रोतको उचित विकास – सम्भावनाको खोजी र समस्याको निकास
  • व्यवस्थित शबदाह – समाधीस्थल र कव्रिस्तान निर्माण र शव वहान संचालन
  • सीमान्तकृत अल्पसंख्यक तथा पछाडि पारिएको समुदायलाई प्राथमिकता
  • दाङको परिचय र प्रख्याती – बबई सभ्यताले माथि
  • उत्तरदायित्व र पारदर्शिता – संचार संगको सहकार्य अपरिहार्यता
  • स्थानीय तहको प्रशासन –जनतलाई सुशासन

नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार घनश्याम पाण्डेले प्रतिवद्धता पत्र पढेर सुनाउनु भएको थियो । सडक, पक्की पुल, बस्ती विकास र सहरीकरण, सभागृह निर्माण, रंगशाला निर्माण, एक बस्ती एक खेल मैदान, आधुनिक बस टर्मिनल, आधुनिक अटोभिलेज संचालन, सिंचाई, एक बस्ती एक पोखरी, नदी नियन्त्रण तथा तटबन्ध, एक घर एक धारा, शिक्षा, स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षीपालन, उद्योग तथा कलकारखाना, एक गाउँ एक उद्यम, खानी, सहकारीको सुदृढीकरण, पर्यटन तथा संस्कृतिको सम्वद्र्धन, खोज र पठन संस्कृतिको विकास, वन तथा वातावरण, विपद व्यवस्थापन लगाएतका योजनाहरु समेटीएका छन् । त्यस्तै १९ वडालाई केन्द्रमा राखेर भौतिक पुर्वाधार विकासका योजनालाई महत्वकासाथ अघि सारिएको छ ।

निर्वाचन परिचालन कमिटी चुनाव प्रचारप्रसार समितिका सदस्य गिरीराज केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि जोगराज गिरीले प्रकाश पार्नु भएको थियो भने सहजीकरण बसन्त विवस आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया