२०८३ असार १३ गते शनिवार

अमेरिका जाने मोह बढ्दै, तुलसीपुरमा डीभी भर्दै

तुलसीपुर, ५ कार्तिक / सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि तुलसीपुरमा युवायुवतीले डीभीको फारम भरिरहेका छन् । अमेरिका जाने मोह बढेपछि पासपोर्ट बनाएका युवायुवती तथा श्रीमान श्रीमतीले समेत डीभीको फारम भर्ने गरेको स्वर्गद्धारी फोटो एण्ड आर्टस तुलसीपुरका प्रोपाईटर सुदिप खड्काले जानकारी दिए ।

असोज २२ गतेदेखि खुलेको डीभी कार्तिक २५ गते बन्द हुनेछ । बन्द हुने दिन नजिकिदै गर्दा डीभी भर्नेको संख्या पनि बढ्दै गएको खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म करिब २ सय जनाले डीभी भरिसकेका छन् । मुख्य आवेदकले राहदानी नम्बर, र राहदानीको म्याद समाप्त हुने मिति अनिवार्य समावेश गर्नुपर्ने भएपछि भने विगतका बर्ष भन्दा केहि कमी आएको छ ।

सकभर म्याद सकिनु भन्दा करिब ३ दिन अगाडीसम्म फारम भर्दा उपयुक्त हुने मानिन्छ । स्वर्गद्धारी फोटो एण्ड आर्टसमा गएको बर्ष फारम भरेका मध्य ३ जनालाई डीभी चिठ्ठा परेको थियो ।  अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । डिभी भर्नका लागि फोटो खिच्दा चस्मासमेत लगाउनु हुँदैन । कम्तिमा १२ पास गरेको र पासपोर्ट भएको व्यक्तिले मात्र डीभी भर्न पाउने छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया