मालपोत कार्यालय तुलसीपुरको प्रगती, एक महिनामै अढाई करोड राजस्व संकलन

तुलसीपुर ३ कात्तिक । कोरोना माहामारीका कारण लामो समय बन्दाबन्दी हुदा झन्डै छ महिना देश नै ठप्प भयो । गएको चैत ११ गते देखी पटकपटक गरी साउन सात गते सम्म लकडाउन भएपछि आर्थिक वर्ष ०७६÷७७ को विकास निर्माणलाई समेत ठुलो असर प¥यो ।
आर्थिक बर्ष २०७६÷७७ को आर्थिक मसान्त आउने मिति नजिकीदै गर्दा अधिकासं सरकारी कार्यालयहरु बन्दा भए । जसले गर्दा विकास निर्माणले गति लिन सकेन भने आर्थिक गतिविधि पनि चलाएमान हुन पाएनन् ।

यसरी आर्थिक गतिविधि रोकिदा अर्थतन्त्रमा नराम्रो धक्का पुगेको आँकलन गरीरहेको बेला दाङको एक सरकारी कार्यालयले एक महिनामै करोडौ रुपैया राजस्व संकलन गरेको जनाईएको छ । तुलसीपुर स्थित मालपोत कार्यालय तुलसीपुरले राजस्वमा सोचे भन्दा धेरै प्रगती हासील गरेको छ । कार्यालयले असोज महिनामा अढाई करोड राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेस खड्काले जानकारी दिएका छन् । उनका अनुसार कार्यालयले यसरी एक महिनामा यति धेरै राजस्व संकलन हुनु सम्भव त हालसम्मकै उच्च हो ।

अर्थात मालपोत कार्यालयले ऐतिहासमै पहिलो पटक एक महिनाको अवधीमा २ करोड ४६ लाख ८५ हजार ६ सय ८८ रुपैया राजस्व संकलन गर्नु पहिलो पटक भएको कार्यालय प्रमुख खड्काले दावी गरेका छन् । कोरोना भाईरस संक्रमणको जोखिमका बावजुद पनि चालु आर्थिक वर्षको साउन महिना देखी आफुहरुले कार्यालयबाट सेवा प्रवाह गरेको उनले बताएका छन् । तर साउन र भदौमा खासै राजस्व संकलन नभएता पनि असोजमा सोचे भन्दा पाँचौ गुणा धेरै राजस्व संकलन भएको उनको भनाई छ ।

विगतका वर्षमा असोज महिनामा झण्डै ३०÷४० लाख रुपैया राजस्व संकलन हुने गरेको थियो । जवकी असोजमा कम राजस्व उठ्ने महिनामा पर्दछ । तर यो वर्ष अन्य महिनामा कार्यालय नियमित नहुनु र चाडपर्व समेत पछि सरेको हुदा असोजमा धेरै काम भएको हुनाले पनि सोचे भन्दै धेरै राजस्व संकलन भएको उनले बताएका छन् । उनका अनुसार साउनमा पुरा महिना कार्यालय खुला भएको १ करोड ८० लाख रुपैया राजस्व संकलन भएको छ । यस्तैगरी भदौमा १५ दिन जति कार्यालय खुला भएकोमा अन्दाजी ७६ लाख रुपैया राजस्व संकलन भएको छ । कार्यालय प्रमुख खड्काले चालु आर्थिक वर्षको वितेको तिन महिनाको अवधीमा अन्दाजी ५ करोड राजस्व संकलन भएको बताएका छन् ।

कार्यालयले सवैभन्दा धेरै रजिष्ट्रेसन दस्तुर शुल्कबाट १ करोड ७३ लाख ९८ हजार ३ सय ५६ रुपैया राजस्व संकलन भएको बताएको छ । यस्तै सेवा करबाट ३५ लाख ६६ हजार १ सय २६ रुपैया ,लाभ करबाट ३७ लाख १७ हजार ३ सय ७ रुपैया र बिलम्ब शुल्कबाट ३ हजार ८ सय ९९ रुपैया राजस्व संकलन भएको छ । साथै कार्यालयले लिखत पारित सम्बन्धी १ हजार २ सय १९, रोक्का पारित सम्बन्धी ९ सय ६२, फुकुवा पारित सम्वन्धी ७सय ९, संशोधन सम्बन्धी ७६, प्रतिलिपी ५५, नामसारी ५३,दा.खा.६ र मोहि लगत कट्टा सम्वन्धी ५ वटा सेवा प्रवाह गरेको कार्यालय प्रमुख खड्काले बताएका छन् ।
सेवा प्रवाह गर्न निकै कठिन
कार्यालय प्रमुख खड्काले कोरोना त्रासको बावजुद पनि सेवा प्रवाह गदै आएको बताएका छन् । उनले लामो समय पछि कार्यालय खुला हुदा एक्कासी सेवाग्राहीको भिडभाड हुने गरेको बताएका छन् । कोरोना संक्रमणको जोखिमलाई प्रवाह नगरी सेवाग्राहीलाई सेवा प्रवाह गर्दा पनि भिडलाई थेक्न समस्या भएको बताएका छन् ।

कार्यालयमा जनशक्ति अभावका कारण पनि आफुहरुले सेवा दिदै आएको उनले बताएका छन् । जोखिम मोलेर सेवा दिदा पनि आफुहरुले अनाबशयक रुपमा आलोचना खेप्नु परेको उनको गुनासो छ । कर्मचारीहरुले आफुहरुलाई कोरोनाको जोखिममा राखेर भ्याएसम्म सेवा ग्राहीलाई निरन्तर सेवा दिदा पनि आफुहरु प्रति अनेकौ टिकाटिप्पनी हुदा दुःख लागेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया