‘महिला आत्मनिर्भर भएमा हिंसाका घटनामा कमी आउँछ’

तुलसीपुर, २ कार्तिक / राष्ट्रिय सभा सदस्य कोमल वलीले पछिल्लो समय महिलाहरु आर्थिक आयआर्जनतर्फ उन्मुख भएको बताएकी छन् ।

तुलसीपुर—९ कराँते भवन नजिकै आजदेखि संचालनमा आएको स्विटपट बुटिकको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य वलीले महिला आत्मनिर्भर भएमा मात्रै हिंसाका घटनामा कमी आउने बताइन् ।

विभिन्न सिपहरु सिकेर महिलाहरु आत्मनिर्भरको बाटोमा अग्रसर भएको बताउदै स्थानीय सरकारले पनि केह गर्न चाहने महिलाहरुलाई सहयोग गर्नु पर्ने बताईन् । बुटिकमा बालबालिकाहरुका लागि डलहरुदेखि घर सजावट र महिलालाई चाहिने सबै प्रकारका फेसनका पोशाकहरु समेत उपलब्ध गराउन सकिने प्रोपाईटर बिन्दु केसीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया