टिप्परको ठक्करबाट एकजनाको मृत्यु, एकजना गम्भिर घाइते

 देउखुरी, २ कात्तिक । भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका – ८ मा टिप्परले ठक्कर दिदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

आइतवार दिउँसो एकबजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ६९ वर्षीय बुवा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया