२०८३ भाद्र २५ गते बिहिवार

अर्को बर्ष मन्त्री हुन्छु : कोमल वली

तुलसीपुर, १ कार्तिक / राष्ट्रिय सभा सदस्य कोमल वलीले समाज र देशका लागि केहि गर्न सकियो भने अर्को बर्ष मन्त्री बन्न सक्ने बताएकी छन् । नवगदुर्गा भगवती मन्दिरको तुलसीपुर–८ अश्वारामा शिलन्यसा गर्दै सदस्य वलीले राम्रो काम गरेर देखाउन सकियो र तपाईहरुको आशीर्वाद लाग्यो भने अर्को बर्ष मन्त्री बन्ने कुरालाई कसैले रोक्न नसक्ने बताईन् ।

‘आज पवित्र दिनमा नवदुर्गा भगवती मन्दिरको शिलान्यास गर्न पाएको छु । यो म जन्मेको भूमि पनि हो ,’ मैले धर्म, संस्कृति र रीति रिवाज पनि विश्वास गर्ने भएकाले तपाईहरुले दिएको आशीर्वाद लाग्यो भने अर्को बर्ष मन्त्री हुन्छु ।’ तर पश्चिमाहरुले गरेको धार्मिक आक्रमण प्रति भने चिन्ता व्यक्त गरेकी छन् । ह

रेक विकास निर्माणका काम मानव कल्यानका लागि हुने भएकाले विकासको मुद्दालाई साझा अभियानका रुपमा अघि बढाउनु पर्ने सदस्य सुझाव छ ।  ‘मन्दिर बनेपनि, सडक, विद्यालय, कुलानाला बनेपनि त्यौ सबै मानव कल्यानका लागि हो ,’ सदस्य वलीले भनिन् –‘ त्यो भनेको काँग्रेस, कम्युनिष्ट, राप्रपा सबैको हितका लागि भएकाले विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्छ ।’

दाङको समग्र विकासका लागि केहि न केही गर्ने तिब्र इच्छा रहेको बताउदै सदस्य वलीले जिल्लाबाट प्रतिनिधित्व गरेर गएका मान्यहरुसंग समन्वय गरिरहेको बताईन् ।

नवदुर्गा मन्दिर निर्माण उपभोक्ता समितिका सदस्य रेशमबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शिवहरी भण्डारी, अमृतपुर सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुरमा बस्नेत, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विक, अश्वारा ब्वाइज क्लबका अध्यक्ष प्रविन सिंह लगाएतले बोलेका थिए । समाजसेवी मदन बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बासुदेव भुसालले गरेका थिए ।

सो अवसरमा पण्डित भिमकान्त आचार्यले मन्दिर निर्माणका लागि २५ हजार र राष्ट्रिय सभासदस्य कोमल वलीले व्यक्तिगत रुपमा १५ हजार आर्थिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।