तुलसीपुरमा अत्याधुनिक प्रविधिको ड्राइक्लिन संचालनमा

तुलसीपुर, २९ असोज / ३३ लाख लागतमा दाङको तुलसीपुरमा अत्याधुनिक प्रविधिको ड्राइक्लिन सेन्टर संचालनमा आएको छ । दाङमा पहिलो र नौलो प्रविधिको डि.के ब्रदर्श संचालनमा ल्याएको संचालक बिपिन देवकोटाले जानकारी दिए । एकै पटक ४० किलोसम्म चिसो लुगा धुन सकिने र एक घन्टामै जुनसुकै कपडा भएपनि धोएर दिन सकिने बिपिनले बताए ।

बुबा–आमासंग सल्लाह गरेर दाजुभाइले तुलसीपुरको घोराही रोडमा काम गरेको उनले बताए । ‘मान्छेहरु ४०/५० लाख लगानी लगाएर अबैध बाटो अमेरिका गएर फर्केर घर न घाटको भएका घटनाहरु पनि छन् ,’ बिपिनले भने–‘ हामीले त नेपालमा केही गरौं भनेर लागेका छौ । केही गरौ भन्ने युवाहरुका लागि यो काम सिकाई पनि हो ।’

सेन्टरमा पाइन्ट, सर्ट, लेडिज सुट, साडी, ब्लाङ्केट, फाइबर सिरक, गाडीका सिट कभरको धुलाई गरिनुका साथै कपडामा कलर र लेदर जाकेटमा स्प्रे गर्ने जयस देवकोटाले बताए ।

आधुनिक प्रविधिका कपडा धुने, सुख्खा बनाउने इन्डस्ट्रिज मेसिन र स्टिमा आइरन समेत रहेको बताइएको छ । माघ महिनादेखि संचालनमा आएपनि कोरोना महामारीका कारण ५÷६ महिना थलिएको सेन्टरले हिजोआज गति लिन थालेको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया