पुर्ण रुपमा सेवा सुचारु हुन अझै दुई घण्टा लाग्छ : टेलिकम

तुलसीपुर, २९ असोज । दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गएराती देखी दाङ सहित देशका विभिन्न जिल्लामा अवरुद्ध भएको टेलिकम सेवा पुर्ण रुपले सुचारु हुन अझै दुई घण्टा समय लाग्ने बताएको छ । टेलिकमको सिस्टममा समस्या आउदा गएराती देखी टेलिफोन, नमस्ते प्रिपेड,पोष्टपेड तथा ईन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

दाङमा विहान साढे नौ बजेदेखी आंसीक रुपमा सेवा सुचारु भएपनि पुर्ण रुपमा सेवा सुचारु हुन अझै केहि समय लाग्ने दुरसंचार कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ ईन्जिनियर हरि प्रसाद खनालले जानकारी दिएका छन् । उनका अनुसार नेपालगन्ज,बुटवल, सुर्खेत र काठमाडौ क्षेत्रमा टेलिकमको सिस्टममा समस्या भएकाले सेवा अवरुद्ध भएको हो ।

उनले मर्मत पछि मोवाएल र ईन्टरनेट सेवा सुचारु भएता पनि ल्याण्डलाईन फोनमा अझै समस्या आएको बताएका छन् । सिस्टममा देखीएको समस्या समाधानका लागी मर्मत कार्य भईरहेको उनले बताएका छन् । मोवाइलमा नमस्तेको नेटवर्क देखाएपनि राम्रोसंग लामो समयसम्म कुराकानी हुन नसकेको सेवाग्राहीले बताएका छन् । टेलिकममा बिहानै देखी ईन्टरनेट र फोन सेवा अवरुद्ध हुदा लाखौ सेवाग्राही मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया