पुलिस र सिडियोलाई सम्मान गर्ने व्यापारीक संगठन नबन्नुस : अध्यक्ष खराल

तुलसीपुर, २७ असोज / व्यापारीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स ७० औ बर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुरमा एक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रजातान्त्रिक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खरालले पुलिस र सिडियोलाई सम्मान गर्दै हिड्ने अन्य व्यवसायीक संगठन जस्तो नबन्न आग्रह गरेका छन् ।

‘संस्कृत विश्व विद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख, सिपविकास तालिम केन्द्रका प्रमुखलाई कहिल्यै सम्मान गरेको देख्नु भएको छ ?,’ प्रति प्रश्न गर्दै अथिति खरालले भने–‘तर यहाँ व्यवसायीक संगठनका नामबाट नियमित सरुवा भएर आउँदा–जाँदा एउटा इन्सपेक्टरलाई स्वागत र विदाई गरिन्छ ।’

गलत काम गरेर उपभोक्तालाई ठग्ने र त्यसबाट बच्न प्रहरी प्रशासनसंग कुम जोडेर हिड्ने व्यापारी संगठन भन्दा पनि व्यापारीको बास्तविक पिरमर्का बुझ्ने संठनका रुपमास्थापित गराउन चेम्बरलाई अथिति खरालले आग्रह  गरे ।तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर मोर्चा दाङका अध्यक्ष प्रेम बाँठा, युवा व्यवसायी तेजविक्रम घर्ती, सचिव ऋषीराज भण्डारी लगाएतले शुभकामना दिएका दिए ।चेम्बरका उपाध्यक्ष वेणु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया