
तुलसीपुर,२७ असाेज / तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा दुर्गा भगवति मन्दिर निर्माण समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा रेशमबहादुर बस्नेत, उपाध्यक्षमा गोरख बहादुर खड्का, सचिव बासुदेव भुसाल, कोषाध्यक्ष सोवर्णा विक र सहसचिवमा आरएन डाँगी रहेका छन् ।
त्यसैगरी समितिको अन्य सदस्यहरुमा आशा बस्नेत, ताराबहादुर बस्नेत, रामबहादुर रेउले, रामबहादुर विक, देवराज खड्का र मुना विक रहेका छन् । यसैविच मन्दिर निर्माणका लागि कार्तिक १ गते शिलन्यास गरिने भएको छ ।
प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार