
दाङ,२५ असोज । दाङको घोराही उप महानगरपालिका २ निमुरिया निवासी सुन्दर परियारले आफ्नो छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । बिगत तीन बर्षदेखी घाँटीको क्यान्सरका कारण समस्या झेल्दै आएका १० बर्षिय छोरा समल परियारको उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग गर्न उनले आग्रह गरेकी हुन् ।
घरको आर्थिक अवस्था निकै नाजुक रहेको र आम्दानीको श्रोत अन्य नभएकाले उपचार गर्न नसकिएको परियारले बताईन । तीन बर्ष अगाडी घोराहीमा घाँटी रोग बिषेशज्ञलाई देखाउदा क्यान्सर पत्ता नलागेपछि बुटवल लगेको र त्यहाँ पनि रोग पत्ता नलागेपछि भैरहवामा घाटीको मासु निकनलेर चेकजाच गर्दा मात्र क्यान्सर रोग पत्ता लागेको थियो ।
हाल सम्म आफन्ती,घोराही उप महानगरपालिका र चन्दा उठाएर करिव तीन लाख जति खर्च भएपनि बालकको अप्रेसन गरेपनि रोग निको नभएको उनले बताईन । घरमा पाँच जनाको परिवार रहेको र श्रीमानले ज्याला मजदुरी गरी ल्याएको पैसाले साँझ बिहानको छाक टार्न मात्र पुग्ने भएकाले उपचारका लागि आर्थिक श्रोत जुटाउन नसकिएको उनको भनाई छ ।
अहिले विपी कोइराला क्यान्सर हस्पिटल चितवनले बच्चाको पुन ः अप्रेसन गर्नुपर्ने र त्यसका लागि कम्तीमा तीन लाख रुपैया खर्च लाग्ने बताइएको छ । घरको आर्थिक अवस्था निकै दयनिय भएकाले बच्चाको ज्यान बचाउनका लागि सहयोग गर्न चाहाने व्यक्ती तथा संघसंस्थालाई मोवाईल नम्वर ९८२९२७३६८७ मा सम्पर्क गर्न उनले अनुरोध गरेकी छन् ।