शिवालिकको साधारण सभा सम्पन्न

तुलसीपुर, २४ असोज । शिवालिक बचत तथा ऋण सहारी संस्थाको १४ औ साधारण सभा तुलसीपुरमा सम्पन्न भएको छ ।  साधारण सभामा सचिव देव वहादुर केसी र कोषाध्यक्ष तुफानवावु श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष विजय केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका—७ का अध्यक्ष टोप वहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उत्कृष्ट ऋणिहरुका तर्फबाट लिलाधर शर्मा र टीका पाण्डेलाइ सम्मान गरिएको थियो ।

साधारण सभाले अनुपक्मार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानवावु श्रेष्ठ, र कोषाध्यक्षमा खुव वहादुर न्यौपानेलाइ सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु खत्री, शरण थापा, डम्वर विसिलाइ कार्यसमिति सदस्यमा चयन गरेको हो । त्यसैगरी लेखासमिति संयोजकमा धन वहादुर बुढाथोकि र ऋण समिति सम्योजकमा श्याम घलेलाइ चयन गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया