२०८३ भाद्र २४ गते बुधवार

स्थायी राजधानी तोकिएको देउखुरीमा दिप प्रज्वलन

दाङ, २० असोज / दाङको देउखुरी स्थायी राजधानी भएको खुसियालीमा मंगलवार बेलुका दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । देउखुरीलाई स्थायी राजधानी घोषणा गरे लगत्तै दाङको लमही, गढवा, भालुवाङ्, घोराही, हापुर, तुलसिपुर लगायतका विभिन्न दाङको मुख्य बजार क्षेत्रमा दिप प्रज्वलन गरि एक आपसका खुसियाली साटासाट गरिएको छ । लमही नगरपालिकाले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले तत्कालै प्रदेश सरकार यता सरेपनि हामीले बुटवलको संरचना भन्दा कम ठाउँमा नराख्ने  बताए । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तीनवटा पालिकाको  संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिशान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्ने बताए । यस्तै गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्वता जनाए ।
प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।