२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु, एक घाईते

तुलसीपुर, २० असोज । तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल सोमवार राती १२ बजे गहतेखोलामा दुर्घटना हुदा तुलसीपुर ६ गुम्ह्राहचोक निवासी २९ बर्षिय बसन्त भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोहि दुर्घटनामा परि मोटरसाईकलमा सवार दंगीशरण गाउँपालिका वडा नम्वर ६ श्रीगाउँ निवासी २६ बर्षिय गोविन्द केसी घाईते भएका छन् । मोटरसाईकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।