तुलसीपुर, १५ असोज/ भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले अव्यवस्थित बसोबासीलाई लालपुर्जा नदिएमा आयोग नै फेल हुने बताएका छन् । तुलसीपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका केन्द्रीय सदस्य बस्नेतले यस्तो बताएका हुन् ।
सुकुमबासी भन्दा पनि अव्यवस्थित बसोबासीको संख्या बढी भएको भन्दै लालपूर्जा नदिए आन्दोलन चर्किने र त्यसलाई सरकारले समेत थाम्न नसक्ने बताए । दाङको खोलाको छेउछाउँमा बसेकालाई समेत लालपूर्जा दिन नमिल्ने ऐनमा व्यवस्था भएको भन्ने चर्चा चलिरहेका बेला केन्द्रीय सदस्य बस्नेतको यस्तो अभिव्यक्ति आएको हो ।
‘पातुखोलामा बनेको ४ तले घरलाई पनि लालपूर्जा दिनुपर्छ । भालुबाङ र तीनाहुँ खोलामा बनेका घरलाई पनि दिनुपर्छ ,’ सदस्य बस्नेतले भने–‘ यदि यसो गरिएन भने आन्दोलनलाई हामी थेक्न पनि सक्दैनौ र हाम्रो आयोग पनि फेल हुन्छ ।.’ कुनै पनि काम गर्दा गम्भिर प्रकृतिको असर नपर्ने गरि बहुसंख्यक जनताको पक्षमा काम गर्नु पर्ने सदसय बस्नेतले बताए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।