तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन अषाढमा

 

शरद रेग्मी,तुलसीपुर २५ जेठ ।

तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागी वर्तमान कार्यसमितिले मिति घोषणा गरेको छ । वाणिज्य संघको बुधवार सम्पन्न कार्यसमितिको नियमिति वैठकले नयाँ नेतृत्वका लागी अषाढ २४ गतेको मिति तय गरेको हो । स्थानिय तहको निर्वाचन हुदै गर्दा वाणिज्य संघको अधिवेशन सम्भव नभएको भन्दै एक महिना ढिला गरी मिति सारीएको हो । वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा सम्पन्न वैठकले वर्तमान कार्यसमितिले गरेको महत्वपूर्ण कार्यहरुको समिक्षा र आगामी दिनमा संघले गर्ने सामाजिक तथा व्यवसायिक एजेण्डाहरुको वारेमा समेत छलफल गरिएको थियो ।

वैठकले भावि नेतृत्व लाई सर्वसम्मत गर्न भन्दै संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ । त्यसैगरी वैठकमा संघले निमार्ण गर्न लागेको अन्तराष्ट्रिय स्तरको सभागृह, को काम नेपाल सरकारको समन्वयमा तत्काल सुरु गर्ने छलफल समेत भएको छ । त्यसैगरी संघले सञ्चालन गरीरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान निरन्तर सञ्चालन गर्ने लगायतका विषयमा व्यापक छलफल गरिएको थियो ।

त्यस्तै वैठकमा मध्यपश्चिम महोत्सवको आय व्यय विवरण एक हप्ता भित्र सार्वजनिक गर्ने तयारी गर्ने वारेमा छलफल गरिएको छ । नियमित वैठकमा संस्थापक अध्यक्ष डिल्ली बहादुर वस्नेत पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरञ्जीवी रिजाल, उत्तम कुमार श्रेष्ठ, हेमन्त रिजाल ,नि.वर्तमान अध्यक्ष टेकन प्रसाद वस्नेत (हिमाल) संघका सल्लाहकारहरु खगेन्द्र प्रसाद, पोखरेल शुरेश हमाल, कानुनी सल्लाहकार प्रविण लम्साल, प्रेस  ल्लाहकार शरद रेग्मी लगायतले उद्योग वाणिज्य संघ जस्तो साझा संस्थामा सवैको प्रतिनिधित्व हुनु पर्ने भन्दै तत्काल सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरिनु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँहरुले वर्तमान कार्यसमितिले अहिले सम्मकै उल्लेखिनिय र नमुना योग्य काम गरेर देखाउन सफल भएको भन्दै अव आउने टिम पनि जुझारु र उर्जावान हुनु पर्ने धारणा राख्नु भएको थियो । साथै उहाँहरुले वर्तमान कार्यसमितिले गरेको काम प्रति खुलेर प्रशंसा समेत व्यक्त गर्नू भएको थियो । वैठकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्यहरु अनुप कुमार श्रेष्ठ,दामोदर भण्डारी , संघका उपाध्यक्ष सेवकराम भण्डारी ,कोषाध्यक्ष ललितजंग शाह, शह–कोषाध्यक्ष डिल्ली बहादुर वली लगायत सदस्यहले वोल्नु भएको थियो ।

सो अवसरमा संघले प्रदान गरेका मानार्थ सदस्यहरु प्रविण लम्साल र खगेन्द्र प्रसाद पोख्रेललाई सम्मान समेत गरिएको थियो । संघका वरिष्ठ उपाध्क्ष विर बहादुर रावतले स्वातगत र सञ्चालन मिनराज भण्डारीले गर्नुभएको थियो । तिन वर्ष अगाडि विमल रिजालको नेतृत्वमा वर्तमान कार्यसमिति निर्वाचित भएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया