प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रोल्पाकी पत्रकार देवी गुरुङ पुरस्कृत हुने

काठमान्डौ, ५ असोज / प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष रोल्पाबाट पत्रकार देवी गुरुङ पुरस्कृत हुने भएकी छन् । प्रेस काउन्सिल नेपालले मङ्गलबार हुने ५१ औँ वार्षिकोत्सवका अवसरमा पत्रकार गुरुङलाई सम्मान गर्न लागेको हो ।

पत्रकार गुरुङ लामो समयदेखि रोल्पामा क्रियासील पत्रकार हुन् । युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पनि पुरस्कृत हुने भएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया