देउखुरी, ४ असोज / प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पछिल्लो समय सरकारी अस्पतालमा सुधार आएको बताएका छन् । आइतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख सुधार भएपनि नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नवढेको बताए । उनले भने , सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सुविधा छ, राम्रो उपचार भइरहेको छ, प्रदेशमा कोरोना सङक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियू सहितका अस्पताल र पलाज्मा थेरापी सम्मका काम भइरहेको छ ।
अहिलेका अस्पताल पहिल्यै सरकारी अस्पताल जस्तै ठानेर निजीमा उपचार जानु भन्दा सरकारी अस्पतलबाटै सेवा सुविधा ल्याउन उनले आग्रह गरे । यस्तै मुख्यमन्त्री पोख्रेलले कोरोना सङक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।
यस्तै मुख्यमन्त्री पोख्रेलले स्थानीय स्तरबाट मुआब्जाको कारण देखाउँदै विकासको कामलाई अवरुद्ध नगर्न आग्रह गर्दै नेपालका गुरुयोजना सफल नहुनुको मुख्य कारण मुआव्जा पनि भएको बताए ।
मुख्य मन्त्री पोख्रेलले “आफ्नै गाउँठाउँमा विकास हुँदा नागरिकले पाएको सुविधा हेरेर थोरै भएपनि योगदान गर्न सक्ने हो भने धेरै योजना समयमै पुरा हुन्छन, घरबासै नरहने अवस्थामा सरकारले वासको ग्यारेन्टी गर्छ ।” भने ।
संघीय सांसद मेटमणी चौधरीले सर्पदंश उपचार केन्द्रबाट दाङ सहित छिमेकी जिल्लाका नागरिकले समेत फाइदा लिन सक्ने भएकोले स्तर बृद्धि गर्ने काममा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश साँसद इन्द्रजित थारुले नगारिकले सर्पदंश उपचारकेन्द्र प्रति विश्वास गरेको भन्दै पछिल्ले समय स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेको बताए ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पदंशका विरामी अस्पतालमा लगेर उपचार गरेपछि निको हुने जानकारी दिए । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको हो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।