सेल्टरमा खान र बस्नलाई माहुरी होमको सहयोग

दाङ,४असोज / अल्पकालिनमहिलातथाबालबालिका सुरक्षा केन्द्र (सेफ हाउस)गोलौरी दाङकालागि सामाग्री हस्तान्तरण गरिएको छ । डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा समग्र लैङिगकउत्तरदायी र जवाफदेहि न्यायमापहँुच सुद्धिढीकरण (सहज) परियोजनाद्धारा मधेस मानव अधिकार गृह (माहुरी होम) ले २७ हजार १ सय २० मुल्य बराबरको लो–बेड ३ थान, १७ सय ५० रुपैया मूल्यको प्रेसकुकर १ थान,२१ सय ६० रुपैयाको प्लेट स्टील १२ थान, २६ सय ४० रुपैयाको प्लेट फाईवरको १२ थान, १६ सय ८० मुल्यको १२ थान ठुलो ग्लाय, ४ सय ८० मूल्यको ठुलो चम्चा १२ थान लगायत ९१ हजार ३ सय ३२ रुपैया मूल्यको ३२ प्रकारका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश रमेश पोख्रेललाई माहुरी होम कपिलबस्तुका अध्यक्ष रबीन्द्र ठाकुरले ती सामाग्री हस्तान्तरण गरेका हुन् भने मुख्य न्यायाधीश पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई हस्तान्तरण गरेका थिए ।

मधेस मानवअधिकार गृह (माहुरीहोम)द्धारा सञ्चालित सहज परियोजनाबाट प्राप्त सामाग्रीहरु उपमेयर माया आचार्यले सृजना महिला वचत तथा ऋण सहकारी संस्थातुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० गोलौरीले सञ्चालन गरेको हिंसा प्रभाबितमहिलातथाबालिकाहरु लागिउपमेयर अल्पकालिन महिला सुरक्षा सेवा केन्द्रका अध्यक्ष डिला केसीलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया