आज सुन तोलामा तिन सय रुपैयाँले घट्यो

काठमाण्डौ  / सुनको भाउ आज सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

 

हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो ।यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया