कि डाक्टरलाई बुझाउ कि लकडाउन खोल !

कोरोना संक्रमण नियन्त्रणका लागि दाङमा लकडाउन घोषणा गरिएको आज ठिक सात दिन पुगेको छ । लकडाउन यदि थपिएन भने गएको शुक्रबार संकट व्यवस्थापन केन्द्रको बैठकले थपेको एक हप्ताको समयसिमा आज राती १२ बजेबाट सकिने छ । २२ गतेबाट दैनिक जनजीवन सामान्य बन्नेछ । सहर बजार खुल्ने छन् । नागरिकहरु आफ्ना दैनिन् कामका लागि गन्तव्यमा लाग्नेछन् । निभेको चुलो बल्ने आशामा हजारौ गरिब, विपन्न, मजदुर वर्गको अनुहारमा खुशी छाउने छ । ताकि हुनेखाने वर्गका लागि पासका नामा सडकमा निश्फिक्री गुड्ने गाडी र मालिकको पनि त्यतिबेला महत्व घट्ने छ ।

लगातारको बन्दले नागरिकहरु आजीत भइसकेका छन् । कोरोना महामारीका कारण बेरोजगार बनेका सर्वसाधारण भोक, रोग र शोकले मर्न लागि सके । यसको चरम पिडामा, दिर्घरोगी, अपाङ्ग, अशक्त, असाहय, बालबालिका परेका छन् । रोजागरीका लागि देश भित्र र देश बाहिर भएका सबै घरमा जम्मा भएका छन् । आम्दानीका स्रोतहरु सबै सुकीसकेका छन् । आउँदा ल्याएको धनपैसो सकियो । घरमा भएको अन्नदाना पनि सकियो । अब के खाने ? भोक भोकै मुर्नको विकल्प छैन् ।

उनिहरु जाने र भन्ने ठाउँ कतै छैन् । भने पनि कस्लाई कस्ले दिन्छ र यहाँ । आज मान्छेहरुको खर्च लकडाउनका नाममा हिजोका भन्दा दोब्बर छ । यसले दिर्घकालिन रुपमा ठूलो समस्या ल्याउन सक्ने विज्ञहरुले चेतावानी दिएका छन् । हिजो कोरोना महामारीका कारण लकडाउन गर्नु पर्ने, समाजिक दूरि कायम गर्ने, सेनिटाईजर प्रयोग गर्नु पर्ने , पीसीर परीक्षण लगाएतका कुरा गर्ने डाक्टहरु अहिले यो कुरा मान्न तयार छैनन् ।

हिजो औषधी उपचार गर्ने डराउने डाक्टरहरु आज कोरोना सामान्य रुघा खोकी हो भन्न थालेका छन् । पीसीआर परीक्षणको कुनै अर्थ छैन । अथवा पीसीआरका नामा गरिएको अरबौ पैसाको कुनै उपलब्धी छैन् भन्ने कुराको बहस स्वंम उपचारमा संलग्न डाक्रहरुले भन्न थालेका छन् । यदी पीसीआरको दायरा बढाउदै लैजाने र लकडाउन पनि यथावत राख्ने हो भने भोली देशमा अनिकाल, भोकमरी जस्ता महाविपत्तीका घटनाहरु निम्तिन सक्नेसम्मका कुराहरु डाक्टरबाटै आउन थालेका छन् ।

आज कोरोनाले भन्दा मान्छेहरु आत्महत्या गर्न थालेका छन् । लकडाउनको समयावधीभर देशैभर १५ सय बढीले आत्महत्या गरेको प्रहरीको केन्द्रीय तथ्याङ्गक विभागले जनाएको छ । पछिल्लो समय कोरोनाको भन्दा १० गुणा बढीले आत्महत्या गर्नेको संख्या बढेको छ । आत्महत्याको घटनाा प्रदेश पाँच अग्रपंक्तीमा छ ।

५ न. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी वरीष्ठ उपरीक्षक राज कुमार वैदवारका अनुसार आर्थिक बर्ष सुरु भए यता १२ सय ३६ जनाले आत्महत्या गरेको प्रदेश पाँचमा दैनिक ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेका छन् । त्यसमा बालकदेखि वृद्धसम्म छन् ।
यसो किन भएको त भन्दा, गरिबी छ । अभाव छ । रोग छ । भोग छ । पिडा छ । हिंसा छ । घरमै थुन्निएर बस्नु परेको छ । अनि के हुन्छ । अवस्था ? हामी आफै अनुमान लगाउन सक्छौ कि के हुन्छ भन्ने कुरा ।

अब कसले भनेको मान्ने जनताले । स्वंम कोरोना लागेका बिरामीलाई बचाउनका लागि उपचार, रेखदेख गर्ने डाक्टरले नै कोरोनलाई पत्याउन छाडेपछि अब कस्ले भनेको मान्ने ? पालिका प्रमुखले ? प्रहरीले कि कस्ले ? यो गम्भिर विषय बनेको छ । आयुर्वेद चिकित्कस डा. पूर्ण शाहीले यो सामान्य रुघाखोकी हो । कोरोनाको नाममा माफिया, भ्रष्ट दलाल र मेडिकल माफियाले नीति निर्माण तहमा बस्ने, प्रशासकलाई आर्थिक प्रभावमा पारेर गरेको खेति हो भनेका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव सर्वेश शर्माले अर्थ हिन पीसीआर परीक्षण बन्द गरौ भनेका छन् । अब भन्नुस सोझा सिधा जनताले के गर्ने ? कोरोना देखिएका सामान्य नागरिक अस्पतालमा पुगेको छ । अलि टाठाँबाठा घरमै होम आइसोलेशन बसेका छन् । त्यसकारण कि डाक्टरलाई पनि राखेर कोरोना भनेको खास यो हो है भनेर बुझाउ कि लकडाउन खोल ।

दुनियाँलाई भ्रममा पार्ने काम नगर । कारोनाकै कारण मृत्यु हुनेको संख्या ०.५ प्रतिशत छ । अनि कसको मृत्यु भएको छ कोरोनाबाट । दिर्घरोगीलाई देखाएर कोरोनाको नाममा व्यापार गर्न पाइन्छ । आज मान्छे क्यान्सरबाट, मृगौला फेल भएर, निमोनिया भएर, समयमै उपचार नपाएर, खान नपाएर , सुसाईट गरेर मृत्यु भइरहेको छ । यस तर्फ ध्यान गएको खै ? सयाैं संख्यामा मान्छेले आत्महत्या गर्दा त्यता तर्फ चासो र ध्यान छैन् ।

जहाँ कमाउ धन्दा छ । त्यतै मन छ अनि कसरी हन्छ । देश विकास र जीवनको सुरक्षा । आज देशभर २ सय ८६ जनाको मृत्यु हुँदा अरबौको व्यापार भएको छ । कस्तो राम्रो पेशा । दुनियामा यसको औषधी छैन भन्ने अनि उपचार पछि निको भएर घर गए भन्न मिल्छ ? के औषधी खुवाएको हो र ? उसले आफै रोगप्रतिरोधात्मक क्षेमताले जितेर घर गएको हो नि ।

राम्रो मान्छेलाई कोरोना भनेर आतंकवादीलाई जस्तै बेरबार पारेर लग्ने अनि स्वंम लक्षण समेत नदेखिएको मान्छेलाई संक्रिमत भन्दा उ र उसको परिवारमा त्यसले के असर पार्छ । समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? उपचार गर्ने डाक्टरलाई कोरोना सर्छ भनेर घरबाट निकाल्ने समाजका मान्छे हौ हामी । अनि झनै कोरोना पुष्टि गरेपछि त्यो व्यक्ति र परिवारलाई समाजमा बसीखानु हुन्छ ? खै यता तिर सोचेको छ । खाली लकडाउन भनेको छ । बैठक बसेको छ । निर्णय भन्दै लागु गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया