मुअब्जा पहल गर्न डेलिगेशन जाने तयारी

दाङ, १८ भदौ / लमही कोइलाबास सडक खण्ड फराकिलो पार्ने कार्यलाई सहज बनाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको संयोजकमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

विहिवार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले नगर प्रमुख केसीको संयोजकमा गठन गरिएको समितिमा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्त बिमबहादुर केसी, नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)का प्रतिनिधि रतन केसी, नेपाली कांग्रेस पार्टीका प्रतिनिधि कर्णबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि बमबहादुर केसी, राष्ट्रिय जनमोर्चा नेपाल प्रतिनिधि दिलिप खनाल, जनता समाजबादी पार्टीका प्रतिनिधि किशोर घर्ती मगर, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र लमही चम्वर्स अफ कमर्सका अध्यक्ष अजय न्यौपाने सदस्य रहेका छन् ।

यस्तै बैठकले लमही कोइलाबास सडक खण्डमा पर्ने संरचनाहरुको म्ुअब्जा तथा क्षतिपूर्ती सम्बनधीत पक्षलाई दिलाउन नगर प्रमुख केसीको संयोजकमा नौ सदस्यीय समिति गठन भएको समितिको पहलमा संघिय तथा प्रादेशिक जनप्रतिनिधिहरुको अगुवाईमा संघिय सरकार समक्ष डेलिगेशन जाने निर्णय गरेको छ ।

यस्तै लमही नगरपालिकामा बसेको बैठक मार्फत गठित समितिले लमही कोइलाबास सडक खण्डको डि.पि.आर. लगायत अन्य कागजात अध्ययन गरि निर्माण भएका संरचना व्यवस्थापन गर्ने सम्बन्धमा सरोकारवालाहरुलाई सूचित गर्न कानुन बमोजिम सुचना जारी गर्ने निर्णण गरेको बंठकमा उपस्थित नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा) लमही नगर कमिटिका सचिव बसन्तराज शर्मा (विक्रन्त)ले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया